चेल्सी र लिभरपुलको रोमान्चक बराबरी

चेल्सी र लिभरपुलको रोमान्चक बराबरी

केन्द्रबिन्दु
0
Shares

इङ्गिलिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्।

नयाँ सिजनको पहिलो खेलमा दुवै टिम मैदान उत्रिएका थिए,जसमा दुवै क्लबले १-१ गोलको बराबरी खेले। मैदान बाहिर मोइसिस काइसेडोका लागि प्रतिस्पर्धा गरिरहेका दुवै क्लबले स्टमफोर्ड ब्रिजमा अंक बाँड्न बाध्य भए। 

मोहमद सलाहाको पासलाई सदुपयोग गर्दै लुईस डियाजले १८ औँ मिनेटमा लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। घरेलु टोलीका लागि एक्सेल डिसासीले बराबरी गोल गर्दै लण्डन क्लबलाई खेलमा फर्काएका थिए।

प्रशिक्षक मौरिसियो पोचिटिनोले चेल्सीका लागि पहिलो खेल खेलाएका थिए। जुन खेल बराबरीको नतिजाबाट सकिएको छ। घरेलु टोलीलाई निराश पार्ने क्रममा लिभरपुल गोलकिपर एलिसनले उत्कृष्ट प्रर्दशन गरे। उनले वेन चिलवेल र निकोलस ज्याकसनको उत्कृष्ट प्रहारलाई बचाउ गरे। 

लिभरपुलका मोहमद सलाहाको गोल अफसाइड रहनुपनि एनफिल्ड क्लबका लागि दुखद रह्यो। दुवै क्लबले अंक तालिकामा समान १ अंक जोडेका छन्। अर्को खेलमा टोटेनहम र ब्रेन्टफोर्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

Logo