भारतविरुद्धको सिरिज वेस्ट इन्डिजलाई

भारतविरुद्धको सिरिज वेस्ट इन्डिजलाई

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली वेस्टइन्डिजले पाँचौं तथा निर्णायक खेलमा भारतलाई हराउँदै सिरिज उपाधि जितेको छ। निर्णायक खेल ८ विकेटले जित्दै वेस्टइन्डिजले पाँच खेलको सिरिज ३-२ ले जितेको हो।

भारतले दिएको १ सय ६६ रनको लक्ष्य वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।वेस्टइन्डिजको जितमा ओपनर ब्रेन्डन किंगले ५५ बलमा ५ चौका र ६ छक्कासहित अविजित ८५ रनको अर्धशतकीय ईनिङ खेले।

निकोलस पुरन ३५ बलमा १ चौका र ४ छक्कासहित ४७ रनमा आउट भए। शाई होप १३ बलमा १ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे। त्यसअघि टस जितेर पहिला ब्याटिङको गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो।

भारतका सूर्यकुमार यादवले ४५ बलमा ४ चौका र ३ छक्कासहित ६१ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन। तिलक बर्माले १८ बलमा ३ चौका र २ छक्कासहित २७ रनमा आउट भए। अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। वेस्टइन्डिजको जितमा रोमारियो शेफर्डले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए।

Logo