मेस्सीको कप्तानीमा मियामी पहिलो पटक फाइनलमा

मेस्सीको कप्तानीमा मियामी पहिलो पटक फाइनलमा


लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारि लिग कपको फाइनलमा प्रवेश गरेको छ।

आज भएको सेमिफाइनल खेलमा मियामीले फिलफोडियालाई ४-१ गोलअन्तरले पराजित गरेको हो। यसअघि मियामीले कुनै पनि प्रतियोगिताको फाइनल खेलेको थिएन।

मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १/१ गोल गरे। योसँगै मेस्सीले मियामीका लागि लगातार ६ खेलमा गोल गरेका छन्। योसँगै मियामी क्लब इतिहासमै पहिलोपटक कुनै पनि उपाधि नजिक पुगेको छ।  

Logo