आयोजक अष्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

आयोजक अष्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड विश्वकपको फाइनलमा


आयोजक अष्ट्रेलियालाई हराउँदै  इंग्ल्यान्ड फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । 

सिड्नीस्थित स्टेडियम भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली अष्ट्रेलियालाई ३-१ गोलअन्तरले हराउँदै इंग्ल्यान्डले फाइनलको यात्रा तय गरेको हो । इंग्ल्यान्डकाे जितमा एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले गोल गरिन् भने अष्ट्रेलियाकी कप्तान सामन्था खेरले एक गोल फर्काइन् ।

अब इंग्ल्यान्डले विश्वकपकाे उपाधिका लागि फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले मंगलबार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई २-१ ले हराएको थियो ।

Logo