एकताबद्ध भएर खेलकुद क्षेत्रको विकासमा लाग्न मुवाँथाई संघलाई सदस्यसचिव घिसिङको आग्रह

एकताबद्ध भएर खेलकुद क्षेत्रको विकासमा लाग्न मुवाँथाई संघलाई सदस्यसचिव घिसिङको आग्रह


नेपाल राष्ट्रिय मुवाँथाई संघको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । 

शुक्रबार काठमाडौंमा संघले कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हाे । तीनवटा उस्तै खेल प्रकृतिको संघहरुको एकता गरी मुवाँथाई संघ बनाएर प्रथम साधारण सभा गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । 

उनले आगामी दिनमा पनि मुवाँथाई संघलाई एकताबद्ध भएर खेलकुद क्षेत्रलाई विकास गर्न आग्रह गरे । 

उनले भने,‘मुवाँथाईको विषयमा परिषद्मा एउटै खेल प्रकृतिका तीनवटा संघहरु थियो । तीनवटा संघहरु एकतावद्ध गराएर एउटै तटस्थ समिति गठन गराएको हो । एउटै खेल प्रकृतिका संघहरु एकताको सन्देश बोक्ने आजको कार्यक्रम भएको छ । मुवाँथाईका पदाधिकारीलाई यसैगरी आगामी दिनमा एकताबद्ध भएर खेलकुद क्षेत्रलाई विकास गर्न आग्रह गर्छु ।’

Logo