लाभिया चेल्सीमा अनुबन्धित

लाभिया चेल्सीमा अनुबन्धित


इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले बेल्जियन मिडफिल्डर रोमेउ लभियालाई अनुबन्ध गरेको छ। चेल्सीले शुक्रबार सामाजिक सञ्जाल मार्फत लाभियाको अनुबन्धन सार्वजनिक गरेको छ।

१९ वर्षीय लाभियाले चेल्सीसँग सात वर्षको सम्झौता गरेका छन्। यस सिजन ट्रान्सफर मार्केटमा निकै सक्रिय देखिएको चेल्सीले लाभियाका लागि ५३ मिलियन पाउण्ड खर्च गरेको छ। लाभियाले गत सिजन साउथह्याम्पटनका लागि ३४ खेल खेलेका थिए। गत सिजन नै साउथह्याम्पटन गएका उनले क्लबलाई रेलिगेसनबाट भने बचाउन सकेनन्।

बेल्जियन क्लब एन्डरलेक्टको एकेडेमीबाट आएका लाभियालाई म्यानचेस्टर सिटीले २०२० मा क्लब भित्र्याएको थियो। सिटीका लागि भने लाभियाले दुई खेल मात्र खेलेका थिए। सिटीमा धेरै अवसरहरू नपाएपछि उनले गत वर्ष साउथह्याम्पटनको यात्रा तय गरेका थिए।

लाभियाले बेल्जियम राष्ट्रिय टोलीबाट पनि डेब्यू गरिसकेका छन्। उनले यसै वर्ष जर्मनीका विरुद्ध डेब्यू गरेका थिए। ट्रान्सफर विन्डोमा लाभियालाई अनुबन्ध गर्न लिभरपुल पनि दौडमा थियो।

साउथह्याम्पटनले लिभरपुलको प्रस्ताव स्वीकार गरेपनि लाभिया आफैंले चेल्सी रोजेको युरोपेली संचारमाध्यमले जनाएका छन्। चेल्सीले यसै साता अर्का मिडफिल्डर मोइजेस काइसेडो भित्र्याएको थियो।

Logo