स्पेनले फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ ।
अष्ट्रेलियाको सिड्नीमा भएको आइतबार भएको फाइनल खेलमा इंग्ल्यान्डलाई १-० गोलअन्तरले हराउँदै स्पेनले पहिलोपटक विश्वकपको उपाधि उचालेको हो । स्पेनको जितमा एक मात्र निर्णायक गोल ओल्गा कार्मोनाले गरिन् ।
खेलको २९औं मिनेटमा गोल गर्दै कार्मोनाले स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि दोस्रो हाफमा दोब्बर बनाउने अवसर पाए पनि स्पेन चुक्यो । ६६औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्न सकेन । त्यसपछि गोल हुन नसक्दा स्पेन विश्व च्याम्पियन बन्याे ।
सेमिफाइनलमा स्वीडेनलाई २–१ ले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको स्पेनले उपाधि पनि आफ्नो पोल्टामा पारेको हो । सुरुआती ६ संस्करणमा सहभागीता नजनाएको स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि-क्वाटरफाइनलबाट बाहिरिएको थियो।

तर, खेल अवधिभर मैदानमा तुलनात्मक रुपमा कमजोर रहेको इंग्ल्यान्डले पाएको अवसर पनि गोलमा सदुपयोग गर्न सकेन । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको यो महिला विश्व कपमा ३२ टोली सहभागी थिए । शनिबार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ ।































प्रतिक्रिया