स्पेनिस ला लिगामा बार्सिलोनाको पहिलो जित

स्पेनिस ला लिगामा बार्सिलोनाको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले पहिलो जित हात पारेको छ। आइतबार राति बार्सिलोना सहरमै अवस्थित ओलिम्पिक स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध जित निकालेको छ।

पहिलो खेल बराबरी खेलेको बार्साले काडिजविरुद्ध भने २-० को जित निकाल्न सफल भएको हो। बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले समान १/१ गोल गरे। बार्सिलोनाको दुवै गोल दास्रो हाफमा गरेको थियो। ८२ औँ मिनेटमा पेद्रीले पहिलो गोल गरे।

त्यसपछि खेलको अन्तिममा अतिरिक्त समयको चौथो मिनेटमा फेरान टोरेसले एक गोल थप्दै बार्सिलोनाको जित सुनिश्चित गरे।यो सँगै बार्सिलोनाको दुई खेलमा चार अंक पुगेको छ। 

Logo