नेपाली क्रिकेट टोलीलाई ओलीको शुभकामनासँगै रात्री भोज

नेपाली क्रिकेट टोलीलाई ओलीको शुभकामनासँगै रात्री भोज

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन्। एक होटेलमा नेपाली क्रिकेट टिमका खेलाडी र अफिसियललाई रात्री भोजको आयोजना गरेर शुभकामना दिँदै ओलीले क्रिकेटको विकासका लागि आफ्नो पनि सधैं सहयोग रहने बताएका हुन्। 

डिनरमा अन्य सबै सदस्य उपस्थित भएपनि एसिया कपको टोलीमा रहेका सन्दीप लामिछाने भने सहभागी थिएनन्। एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुँदैछ। नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ।

जसले गर्दा नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्नेछ। नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा भदौ १३ मा हुनेछ। भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौ १८ मा हुनेछ।

Logo