५५औं एसियाली शारिरीक सुगठन तथा विपजिक्स स्पोर्ट्सकाे तयारी पूरा

५५औं एसियाली शारिरीक सुगठन तथा विपजिक्स स्पोर्ट्सकाे तयारी पूरा


नेपाल शारिरीक सुगठन तथा फिटनेस् महासंघले आयोजना गर्न लागेको ५५औं एसियाली शारिरीक सुगठन तथा विपजिक्स स्पोर्टस् प्रतियोगिताको तयारी पूरा भएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको जनाएको हो । 

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले प्रतियोगितामा हालसम्म एसियाली राष्ट्रका करिब २५ मुलुकहरुले सहभागिता निश्चित गरिसकेको जानकारी दिए । एशियाका मुलुकहरुले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिष्पर्धा आयोजना हुने र एशियाली प्रतियोगितामा पुरुषतर्फ २८ वटा, महिलातर्फ १६ विधामा प्रतिष्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिस्पर्धासमेत समावेश गरिएको उनको भनाई छ । 

उनले भने, 'यस प्रतियोगितामा हालसम्म एसियाली राष्ट्रका करिब २५ मुलुकहरुले सहभागिता जनाई सकेको छ । एसियाका मुलुकहरुले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिष्पर्धा आयोजना गर्दैछौं, एसियाली प्रतियोगितामा पुरुषतर्फ २८ वटा, महिलातर्फ १६ विधामा प्रतिष्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिष्पर्धासमेत समावेश गरिएको छ ।'

सात दिनसम्म चल्ने यस प्रतियोगिताको पहिलो दिन भदौ १५ गते सबै राष्ट्रका खेलाडी स्वागत कार्यक्रम तथा खेलाडी दर्ता गरिने महासंघले जनाएको छ ।  । 

युवा तथा खेलकुदमन्त्रीको उपस्थितिमा भदौ १८ गते प्रतियोगिताको समुद्घाटन सत्र रहने छ । उक्त दिन १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ उक्त दिन १४ जना नेपाली खेलाडीहरुले ८ वटा समूहमाप्रतिष्पर्धा गर्नेछन् । भदौ १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोहीदिन नतिजा आउने छ । उक्त दिन २४ जना नेपाली खेलाडीहरुले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, भदौ २० गते ९ वटा विधामा प्रतिष्पर्धा हुनेछ र सोहीदिन नतिजा आउने छ । उक्त दिन ५ जना नेपाली खेलाडीहरुले ४ वटा समूहमा प्रतिष्पर्धा गर्नेछन् । सोहि दिन शारिरीक सुगठन खेलको १० वटा समूहका समूहगत विजेताबीच प्रतिष्पर्धा गराई मिष्टर एशिया २०२३ को घोषणा गरिने छ ।

Logo