ओडिआई खेलमा अफगानिस्तानमाथि पाकिस्तानको जित

ओडिआई खेलमा अफगानिस्तानमाथि पाकिस्तानको जित

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानले दोस्रो ओडिआई खेलमा अफगानिस्तानलाई रोमान्चक रुपले हराएको छ। श्रीलंकाको हम्बान्टोतामा बिहीबार भएको खेलमा पाकिस्तानले एक विकेटको रोमान्चक जित हात पारेको हो । 

यो जितसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगावै जितेको छ। अफगानिस्तानले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ दशमलब ५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। 

पाकिस्तानको जितमा ओपनर इमाम उल हक र बाबर अजामले अर्धशतक बनाए। इमामले १ सय ४ बलमा ४ चौकासहित ९१ रन बनाए। कप्तान बाबरले ६६ बलमा ६ चौकाको सहयोगमा ५३ रन बनाए। 

पाकिस्तानको जितमा नसिम शाह ५ बलमा २ चौकासहित १० रनमा अविजित रहे। शादब खानले ३५ बलमा ३ चौका र १ छक्कासहित ४८ रन बनाए।पाकिस्तानलाई ओपनर फखार जमान र इमाम उल हकले पहिलो विकेटका लागि ९ ओभरमा ५२ रनको साझेदारी गरेका थिए। फखार जमामले ३४ बलमा ५ चौकासहित ३० रन प्रहार गरेका थिए।

अफगानिस्तानका फजलहक फारुकीले ३ तथा मोहम्मद नाबीले २ विकेट लिए। मुजिब उर रहमान र अब्दुल रहमानले समान १/१ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो।

अफगानिस्तानका ओपनर तथा विकेटकिपर रहमानउल्लाह गुरबाजले १ सय ५१ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५१ रनको शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । यो उनको ओडिआइ करिअरको पाँचौ शतक हो।

पहिलो विकेटका लागी रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले ३९ दशमलब ५ ओभरमा २ सय २७ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए। इब्राहिम जद्रान १ सय १ बलमा ६ चौका र २ छक्कासहित ८० रनको अर्धशतकीय ईनिङ खेल्दै आउट भएका थिए । मोहम्मद नाबी २९ तथा कप्तान हश्मातुल्लाह शाहिदी १५ मा आउट भए।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा नसिम शाह र उस्मा मिरले समान १/१ विकेट लिए।  दुई बीचको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।

Logo