स्पेनिस लिगमा रियलको जित

स्पेनिस लिगमा रियलको जित

केन्द्रबिन्दु
0
Shares

इङ्ल्याण्ड मिडफिल्डर जुड बेलिङघमको गोलमा रियल मड्रिडले स्पेनिस लिगमा जित निकालेको छ। शुक्रबार राति रियल मड्रिडले सेल्टा भिगोमाथि १-० को जित निकालेको हो। 

खेलको ८१ औँ मिनेटमा बेलिङघमको गोल रियललाई जित दिलाउन पर्याप्त बन्यो। नयाँ सिजन रियलले सतप्रतिशत जितको नतिजालाई कायम गरेको छ। बेलिङघमले रियलका लागि तेस्रो खेलमा चार गोल पुरा गरे। 

सेल्टाले सुरुआतमै खेलमा अग्रता बनाएको थियो। तर भारबाट जोर्डनको गोलले मान्यता पाएन। गोलकिपर इभान भिलरले दोस्रो हाफमा रोड्रिगोको पेनाल्टी रोकेपछि रियलले गोलको अवसर गुमाएको थियो।

खेलको सुरुआतमा फरवार्ड भिनिसियस जुनियरले चोट बोकेपछि रियललाई खेलमा धक्का लागेको थियो। खेलको १८ औँ मिनेटमा ह्यामस्ट्रिङ बल्झिएपछि उनले मैदान छाडेका थिए। रियल ३ खेलमा ९ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। 

Skip This
Skip This
Logo