सन्दीप आज पाकिस्तान जाँदै

सन्दीप आज पाकिस्तान जाँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान जाने भएका छन् ।

आइतबारका लागि तय भएको उनको सुनुवाइ स्थगित भएपछि उनको पाकिस्तान यात्रा तय भएको हो । उनी आज सोमबार पाकिस्तान प्रस्थान गर्दैछन् । उनीविरुद्धको मुद्दा आइतबार हेर्न नभ्याइने भएपछि अदालतले अर्को पेशी भदौ २१ गतेका लागि तोकेको छ । 

पाकिस्तान र भारतसँगको खेलपछि मात्रै खेपीरहेको मुद्दाको पेशी परेकाले पनि सन्दीपको एशियाकपमा खेल्न जाने मौका मिलेको हो। मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाएका सन्दीप नेपाली समर्थकको चाहना र आग्रह तथा टिमको आवश्यकतालाई मध्यनजर गर्दै एशियाकपमा जान लागेको बुझ्न सकिन्छ। 

भदौ १३ गतेबाट सुरु हुने एशिया कपमा नेपालले उद्घाटन खेलमै पाकिस्तानसँग उसैको भूमी मुल्तानमा खेल्नेछ। यसपछि उतैबाट श्रीलंका पुगेर नेपालले भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ। सन्दीप सोमबार विहान करिब साढे ११ बजे कतार एरलाइन्सबाट दोहा हुँदै पाकिस्तानको मुल्तान पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

नेपाली क्रिकेट टोली भने यसअघि नै एसिया कप खेल्न गत मंगलबार पाकिस्तान गएको थियो। त्यत्तिबेला सन्दीप मुद्दाको पेशीका कारण जान पाएका थिएनन्। 

Skip This
Skip This
Logo