भारतीय मिडियाकाे दाबी- सन्दीप लामिछानेले पाकिस्तानलाई घुँडा टेकाउन सक्छन्

भारतीय मिडियाकाे दाबी- सन्दीप लामिछानेले पाकिस्तानलाई घुँडा टेकाउन सक्छन्


एसिया कप क्रिकेटको उद्घाटन खेलमा आज नेपाल र पाकिस्तान भिड्दैछन्। पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेवाट मा सुरु हुनेछ । 

सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेकाे याे पहिलाे पटक हाे । पछिल्लोसमय अन्तर्राष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग खेल्न लागेको हो। तुलनात्मक रूपमा नेपाल कमजोर टोली मानिएपनि यी दुई टोलीबीचको खेल रोचक हुने अनुमान गरिएको छ।

एसिया कप क्रिकेटमा भारतीय मिडियाले पनि नेपाली खेलाडीलाई स्थान दिइरहेका छन्। भारतीय मिडिया ‘आज तक’ ले नेपाली खेलाडीको प्रशंसा गर्दै भनेकाे छ- ‘नेपाली लेग स्पिनर सन्दीप लामिछाने नेपालका स्टार स्पिनर रहेको र उनले आईपीएलमा दिल्ली क्यापिटल्स (डिसी) बाट पनि खेलिसकेका छन्। २३ वर्षीय सन्दीप लामिछानेको एकदिवसीय क्रिकेटमा निकै प्रभावशाली कीर्तिमान छ। अर्कोतर्फ पाकिस्तानी टोली स्पिनरका अगाडि कमजोर देखिन्छ। यस्तो अवस्थामा पाकिस्तानी ब्याट्सम्यानलाई आफ्नो स्पिनमा फसाउन सन्दीपलाई गाह्रो हुने छैन ।’

पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदाै १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तान र भारत दुवै टाेली विश्वकप क्रिकेट विजेता टाेली हुन् । 

Logo