च्याम्पियन्स लिगः साविक विजेता सिटी सहज समूहमा

च्याम्पियन्स लिगः साविक विजेता सिटी सहज समूहमा


साविक विजेता म्यानचेस्टर सिटी नयाँ सिजनको यूइएफए च्याम्पियन्स लिगको समूह ‘जी’ मा परेको छ। सिटीका लागि यो सहज समूह हो।

बिहीबार राति सार्वजनिक भएको ‘ड्र’ अनुसार इंग्लिस क्लब सिटीसँगै समूह ‘जी’ मा जर्मन क्लब आरबी लेइपजिग, सर्वियन क्लब एफके करभेना भेज्दा र स्विट्जरल्यान्डको योङ्ग ब्वाइज पनि रहेका छन् ।

अर्को इंग्लिस क्लब न्यूकासल भने कठिन समूहमा परेको छ । न्यूकासल समूह ‘एफ’ मा परेको र यस समूहमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन, जर्मन क्लब बोरुसिया डर्टमन्ड र इटालियन क्लब एसी मिलान रहेका छन्। यता जर्मन क्लब बायर्न म्युनिखसँगै म्यानचेस्टर युनाइटेड समूह ‘ए’ तथा आर्सनल समूह ‘बी’ मा छन् ।

Logo