पाकिस्तानविरुद्ध टस जितेर भारत ब्याटिङमा

पाकिस्तानविरुद्ध टस जितेर भारत ब्याटिङमा

केन्द्रबिन्दु
0
Shares

भारतले एसिया कपमा पाकिस्तानविरुद्ध टस जितेको छ । 

श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । अब पाकिस्तान बलिङमा उत्रनेछ । भारतले आजको खेलमा शार्दुल ठाकुर, जस्प्रित बुमराह र मोहम्मद शिराजलाई मैदान उतारेको छ ।  

पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । भारतको यो पहिलो खेल हो । भारतले समूह चरणको अन्तिम खेल सोमबार नेपालसँग खेल्नेछ ।  

भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ। पाकिस्तान आयोजक टोली भएपनि श्रीलंकामा गएर खेल्नु परेको हाे । भारतको त्यो अधिपत्य पाकिस्तान आजको खेलमा अन्त्य गर्न चाहन्छ । पाकिस्तानको मुख्य लक्ष्य भारतसँग बदला लिने हुनेछ । इंग्ल्याल्याण्डमा सन् २०१९ एक दिवसीय विश्वकप खेलेपछि भारत-पाकिस्तान पहिलो पटक एक दिवसीय खेलमा भिड्न लागेका हुन्।

Logo