बास्केटबलमा केएमसी र इनोभेटिभको जित

बास्केटबलमा केएमसी र इनोभेटिभको जित

केन्द्रबिन्दु
0
Shares

केएमसी ‘ए’ र इनोभेटिभले तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसी ‘ए’ ले रिलयान्सलाई २८–२० ले पराजित ग-यो । केएमसी ‘ए’ का रियम राईले १७ अंक जोडे । इनोभेटिभले सनसाइनलाई २८–१९ ले हरायो । इनोभेटिभका समुन्द्र महर्जनले १६ स्कोर गरे ।

सिनियर ब्वाइजमै ज्ञान निकेतनले बाल दिक्षालाई २९–२०, काठमाडौं जेभियरले केएमसी ‘बी’ लाई २२–१५, नेरिक एकेडेमीले सैनिकलाई ३७–१८, एआईएले एनसीसीएसलाई ३७–१६, भद्रघलेले एलिट ग्रान्डलाई १९–१५ र जेनिथले सेन्ट पाउललाई ४४–१७ ले पाखा लगाए । 

ज्ञान निकेतनका आशालाल श्रेष्ठले १२, काठमाडौं जेभियरका अनिकेत बाँस्तोलाले १४, नेकिरका सुशल मगरले १४, एआईएका पर्वत पाण्डेले १६, भद्रघलेका विवश मगरले १२ र जेनिथका सुशिल शाहीले १८ अंक बटुलेका छन् ।

Logo