रोनाल्डोको कप्तानीमा अल नासरको लगातार तेस्रो जित

रोनाल्डोको कप्तानीमा अल नासरको लगातार तेस्रो जित

केन्द्रबिन्दु
0
Shares

साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार तेस्रो जित निकालेको छ। शनिबार राती भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेकाे अल नासरले अल हाजमलाई पराजित गरेको हो। अल नासर  ५-१ गोल अन्तरले विजयी भएको थियो। अल नासरको जितमा कप्तान रोनाल्डोले सानदार प्रदर्शन गरेका थिए। 

रोनाल्डोले एक गोल र दुई गोल असिस्ट गरे। त्यस्तै, अल नासरको जितमा साडियो माने, ओटाभियो, अब्दुल्लाह अल खलबरी र अब्दुलरहमान घरीबले समान १/१ गोल गरेका थिए।

त्यसै गरि अल हाजमका लागि एक सान्त्वना गोल मुहमद बाडामोसीले गरेका थिए ।यो जितसँगै अल नासरले ५ खेलबाट ९ अंक सहित लिगमा छैटौं स्थानमा रहेको छ। त्यस्तै, अल हाजमको भने ५ खेलमा २ अंक सहित अंक तालिकामा पुछारमा रहेको छ।

Logo