भारतलाई हराउँदै सुपर फोरमा पुग्ने लक्ष्यमा नेपाल, यी हुन् सुधार गर्नुपर्ने पक्ष

भारतलाई हराउँदै सुपर फोरमा पुग्ने लक्ष्यमा नेपाल, यी हुन् सुधार गर्नुपर्ने पक्ष

केन्द्रबिन्दु
0
Shares

एसिया कपको समूहचरणको अन्तिम खेलमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।

भारतविरुद्धको खेल नेपालका लागि जति अर्थपूर्ण छ भारतका लागि झनै महत्वपूर्ण बनेको छ। पाकिस्तानसँग अङ्क बाँडेसँगै भारतलाई अघिल्लो चरण पुग्न नेपालविरुद्धको खेलमा रद्द या जित आवश्यक छ। नेपाललाई भने जितबाहेक अन्य विकल्प छैन।

नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ। समूह ‘ए’ बाट पाकिस्तानले सुपर फोरमा स्थान बनाइसकेको छ। पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ। 

सुपर फोरमा स्थान बनाउने पाकिस्तान पहिलो टोलीसमेत बनिसकेको छ। यस्तै नेपाल र भारतले पनि समूहको पहिलो खेल खेलिसकेका छन्। जँहा पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो रन अन्तरले पराजित भएको थियो। 

शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएपछि भारत र पाकिस्तानले अंक बाडेका थिए। सोही कारण भारतलाई नेपालविरुद्धको खेल जित्ने पर्ने दबाब बढेको छ।

सोमबार नेपालसँगको खेलमा पराजित भएमा भारतको एसिया कप यात्रा समाप्त हुनेछ। सो खेल शनिबारको जस्तै रद्द भएमा भने भारतले सुपर फोरमा २ अंकका साथ सोझै स्थान बनाउने छ। 

तर नेपाली क्रिकेट टिमले अहिलेसम्म भारतको सिनियर टोलीसँग प्रतिस्पर्धा गरेको छैन। छिमेकी भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भए पनि एसोसिएट मध्यैकै सबैभन्दा बलियो टोली नेपाललाई भारतीय सिनियर टिमसँग खेल्ने मौका कहिल्यै जुर्न सकेन।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्ष पुगिसक्दा पनि नेपालले छिमेकी देश भारतसँग खेल्न एसिया कप नै कुर्नुपर्यो। नेपालले भारतका यू–१९ टिम र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेको छ। पछिल्लो पटक नेपालले भारतको ‘ए’ टिमसँग एसिसी इमर्जिङ टिम्स कपअन्तर्गत श्रीलंकामा प्रतिस्पर्धा गरेको थियो। 

समूह चरणको उक्त खेलमा पनि नेपालले राम्रो प्रदर्शन देखाउन सकेन। नेपाल भारतविरुद्ध १६७ रनमै अलआउट भएको थियो। यस्तै एसियाकप कप अन्तर्गत पाकिस्तानविरूद्धको खेलमा नेपालले सुरुवातमा निकै राम्रो बलिङ गरेको थियो। 

तर खेलको मध्यतिर पाकिस्तानी ब्याटसम्यान नेपाली बलरमाथि हाबी भएका कारण नेपाली बलरहरु पाकिस्तानी टोलीविरुद्ध निरीह बने। ब्याटिङमा पनि नेपाली खेलाडीे पाकिस्तानी बलरसामू खुलेर खेल्नै सकेनन्। 

तर, सोमबार पनि भारतीय ब्याट्म्यानविरुद्ध नेपाली बलरहरुले सुरुवातदेखि नै अनुसाशित बलिङ गरेमा केही सकारात्मक नतिजाको अपेक्षा गर्न सकिन्छ। यस्तै, ब्याटिङमा पनि आत्मविश्वासपूर्ण ब्याटिङ गरेको खण्डमा नेपाली ब्याट्म्यानहरुले भातीय बलरहरुलाई निरिह बनाउने सम्भावना प्रबल रहेको छ। 

साथै नेपालले भारतविरुद्ध फिल्डिङ लाइनअपमा पनि निकै सुधार गर्नुपर्ने देखिन्छ। पहिलो खेलमा पाकिस्तानविरुद्ध फिल्डिङमा केही अविस्मरणीय गल्तीहरु गरेका कारण नेपालले हार ब्यहोेर्नुपरेको थियो। 

पाकिस्तानविरुद्धको खेलमा २३८ रनको पराजयपछि नेपाली टोलीको मनोबलमा गहिरो चोट परेको छ। सोमबार श्रीलंकाको पल्लेकेले मैदानमा उत्रँदा नेपाली टोलीको पहिलो खेलको हार बिर्सदै उच्च आत्मविश्वासका साथ भारतविरुद्ध उत्रनेमा सबै नेपाली विश्वस्त छन्। 

तर, सोमबार पनि भारत र पाकिस्तानविरुद्धको खेलमा जस्तै भारी वर्षाको सम्भावना देखिएको छ। बिबिसी मौसम पूर्वाअनुसारका अनुसार सोमबार नेपाल र भारतबीचको खेल हुने समयमा श्रीलंकाको कान्डीमा ७० देखी ८० प्रतिशतसम्म वर्षा हुने सम्भावना छ। यस्तो अवस्थामा भारतलाई भने निकै फाइदा पुग्ने देखिन्छ। 

भारतसँग पाकिस्तानविरुद्धको खेलमा १ अंक छ भने नेपाल अंक बिहिन नै रहेको छ। नेपालले भारतविरुद्धको सोमबार हुने खेल कुनै पनि हालमा जित्नु सिवाय अर्को विकल्प नै छैन। 

नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

भारतीय टोलीः रोहित शर्मा (कप्तान), सुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, जसप्रित बुमराह, कुलदिप यादव, मोहम्मद सिराज, मोहम्मद सामी, इशान किसन, सार्दुल ठाकुर, अक्षर पटेल, सूर्यकुमार यादव, तिलक वर्मा र प्रसिद्ध कृष्ण ।

Skip This
Skip This
Logo