म्यानमार जाने नेपाली फुटबल टोलीको बिदाई

म्यानमार जाने नेपाली फुटबल टोलीको बिदाई

केन्द्रबिन्दु
0
Shares

म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको विदाई भएको छ।अखिन नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै सोमबार विहान नेपाली टोलिको विदाई गरेको हो।

यो मैत्रीपूर्ण खेल म्यानमारको रंगुनमा सेप्टेम्बर ८ र ११ मा हुने छ। एन्फाका अनुसार यी दुई मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत हुन लागिएको हो।

एन्फाका अनुसार नेपाली टोली सोमबारै म्यानमार प्रस्थान गर्नेछ। यस खेलका लागी नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आइतबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।

नेपाली टोली :

गोलकिपरः किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, छिरिङ लामा      

मिडफिल्डरः एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुञ्जु

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, गिलेस्पजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया

Skip This
Skip This
Logo