कुशल भुर्तेलले एक दिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन

कुशल भुर्तेलले एक दिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन

केन्द्रबिन्दु
0
Shares

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । 

एसिया कपअन्तर्गत श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतविरुद्ध भइरहेको खेलमा भुर्तेलले एक हजार रन पूरा गरेका हुन् । खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।

तर, भारतविरुद्ध उनको सुरुवात भने राम्रो रहन सकेन । पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले भुर्तेलको क्याच छाडेका थिए । यसैगरी पाँचौं ओभरमा उनको बल क्याच विकेटकिपर इशान किशनले छाडेका थिए । 
 

Skip This
Skip This
Logo