भारतविरुद्ध आसिफ शेखको ऐतिहासिक अर्धशतक

भारतविरुद्ध आसिफ शेखको ऐतिहासिक अर्धशतक

केन्द्रबिन्दु
0
Shares

नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् । 

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर आसिफले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ७ चौका प्रहार गरेका छन् । उनको यो भारतविरुद्ध पहिलो ऐतिहासिक अर्धशतक हो । 

हाल २७ ओभरको खेल सकिँदा नेपालले ४ विकेटको क्षतिमा ११८ रन बनाएर खेलिरहेको छ । क्रिजमा आशिफलाई गुल्सान झाले साथ दिइरहेका छन् । 

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेलाई गुमाएको थियो । खेलको ९ दशमलव ५ ओभरमा कुशललाई शार्दुल ठाकुरले विकेटकिपर इशान किशनबाट क्याच गराएका थिए  । कुशलले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरेका थिए ।

त्यसपछि दोस्रो विकेटमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले १७ बलमा ७ रन बनाएर आउट भए । साथै कप्तान रोहित कुमार पौडेल ५ रनमै पवेलियन फर्किए भने कुशल मल्ल २ रनमै आउट भए । सस्तैमा आउट हुने क्रममा उनीहरु तीनै जना भारतीय स्पिनर रविन्द्र जडेजाको सिकार बने । 

Skip This
Skip This
Logo