स्वदेश फर्कियाे नेपाली क्रिकेट टोली, विमानस्थलमा भव्य स्वागत

स्वदेश फर्कियाे नेपाली क्रिकेट टोली, विमानस्थलमा भव्य स्वागत


एसिया कप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।

बुधबार दिउँसो नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलमा टोलीको भव्य स्वागत गरिएको छ । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । साथै नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी तथा क्रिकेट समर्थकले टोलीलाई स्वागत गरे ।

एसिया कपमा समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुवैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो। पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएपनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफूलाई उभ्याउनु आफैंमा ऐतिहासिक भएकोले प्रशंसा हुँदै आएकाे छ।

Logo