फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुआत गरेको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार विहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई पराजित गरेको हो।
ब्राजिलले बोभियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो। ब्राजिलको जितमा रोड्रिगो र नेयमारले समान २/२, राफिन्हाले १ गोल गरे।राड्रिगोले २४ औँ र ५३ औँ तथा नेयमारले ६१ औं र दोस्रो हाफको ईन्जुरी समयमा गोल गरे। राफिन्हाले ४७ औँ मिनेटमा गोल गरे।
बोलिभियाका लागि भिक्टोरले ७८ औँ मिनेटमा सान्त्वना गोल फर्काए। पहिलो खेल खेलिरहेको ब्राजिल ३ अंकका साथ शीर्ष स्थानमा छ।शनिबार नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ।































प्रतिक्रिया