अमेरिकी युवा खेलाडी कोको गाफले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन्। प्रतियोगिताको फाइनल खेलमा आर्यना सबालेन्कालाई हराउँदै गाफले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी हुन्।
छैटौं वरियताकी गाफले घरेलु मैदानमा प्राप्त हौसलाको साथ दोस्रो वरियताकी सबालेन्कालाइ पछि पारिन्। उनले २–६, ६–३ र ६–२ को सेटमा जित आत्मसाथ गरिन्।
सन् २०२२ को फ्रेन्च ओपनको फाइनलमा पराजित भएकी अमेरिकी युवा खेलाडी गाफले यूएस ओपन टेनिसमा सफलता हासिल गरेकी छिन् ।





























प्रतिक्रिया