नेयमार ब्राजिलको राष्ट्रिय फुटबल टिमको सर्वाधिक गोलकर्ता बनेका छन्। ब्राजिलका अन्तराष्ट्रिय स्टार नेयमारले फुटबल लिजेण्ड पेलेको कीर्तिमानी गोललाई समेत तोडेका छन्।
ब्राजिलले विश्वकपको छनोट खेलमा बोलिभियालाई ५-१ ले हराएको थियो। सो खेलमा नेयमारले दुई गोल गर्दै पेलेको कीर्तिमानी ७७ गोललाई तोडेका हुन्। सुरुआतमा पेनाल्टी मिस गरेका उनले आफ्नो १ सय २५ औँ क्यापमा दुई गोल थपे।
नेयमार हाल साउदी क्लब अल हिलालमा छन्। उनी सन् २०१७ मा कीर्तिमानी २ सय मिलियन पाउण्डमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेका थिए।































प्रतिक्रिया