नोभाक जोकोभिचले जिते २४ औँ ग्रान्डस्लामको उपाधि

नोभाक जोकोभिचले जिते २४ औँ ग्रान्डस्लामको उपाधि

केन्द्रबिन्दु
0
Shares

नोभाक जोकोभिचले युएस ओपन २०२३ ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा डेनिल मेदभेदेवलाई हराउँदै उपाधि जितेका छन्। 

यो जोकोभिचको २४ औँ पुरुष एकल ग्रान्डस्लाम उपाधि हो। फाइनलमा जोकोभिचले ड्यानिल मेदभेदेवलाई ६-३, ७-६, ७-५०, ६-३ ले हराए। जोकोभिचको यो चौथो यूएस ओपन उपाधि हो। 

यी दुईबीचको खेल आर्थर एसे स्टेडियममा भएको थियो। जोकोभिच सबैभन्दा धेरै ग्राण्डस्लाम उपाधि जित्ने खेलाडी हुन्।खेलमा जोकोभिचले पूर्ण अग्रता कायम राखे। उनले रुसी खेलाडी ड्यानिल मेदभेदेवलाई एकपटक पनि अगाडि बढ्ने मौका दिएनन्।

जोकोभिचले पहिलो सेट ६-३ ले जितेका थिए। यसपछि दोस्रो सेट अलि नजिक गयो तर यस पटक पनि सर्बियाका खेलाडीले जितेका थिए।जोकोभिचले दोस्रो सेट ७-६ ले जिते। त्यसपछि फेरि एकपटक ड्यानिल मेदभेदेवले तेस्रो र अन्तिम सेटमा हार बेहोरे। यस पटक रुसी खेलाडीले ३-६ ले हार बेहोरेका हुन्। 

दुई वर्षअघि युएस ओपन २०२१ को फाइनल खेल पनि ड्यानिल मेदभेदेव र नोभाक जोकोभिचबीच भएको थियो, जसमा जोकोभिच रसियाका ड्यानिल मेदभेदेवसँग पराजित भएका थिए। तर यसपटक युएस ओपन २०२३ मा सर्बियाका नोभाक जोकोभिचले ड्यानिल मेदभेदेवलाई हराउँदै जित निकालेका छन्।

नोभाक जोकोभिचले यूएस ओपन २०२३ मार्फत आफ्नो ३६ औँ ग्रान्ड स्लाम फाइनल खेलेका थिए। जोकोभिचले ३६ मध्ये २४ पटक उपाधि जितेका छन्। उनले १० पटक अष्ट्रेलियन ओपन,सात पटक विम्बल्डन,३ पटक फ्रेन्च ओपन र ४ पटक युएस ओपन जितेका छन्। 

यो पटक जोकोभिचले युएस ओपनको चौथो उपाधि जितेका हुन्। यसअघि सर्बियाली टेनिस स्टारले सन् २०११, २०१५ र २०१८ मा युएस ओपनको उपाधि जितिसकेका छन्।

Skip This
Skip This
Logo