क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको पोर्चुगलले लक्जेमबर्गलाई को फराकिलो अन्तरले हराएको छ।
रोनाल्डोले लगातार दुई खेलमा पहेलो कार्ड पाएपछि यो खेल गुमाएका थिए। पोर्चुगलको घरेलु मैदान इस्ताडियो अलगार्भेमा भएको खेलमा पोर्चुगलले लक्जेमबर्ग विरुद्ध ९-० को गोल अन्तरको जित निकालेको हो।
पोर्चुगलको जितमा गोन्कालो रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले समान २-२ गोल गरे। भने, जोअाअो फेलिक्स, डिएगो होर्टा र ब्रुनो फर्नान्डेजले समान १-१ गोल थपे।
पहिलो हाफमै ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा ५ गोल थपेको थियो। समूह ‘जे’मा रहेको पोर्चुगलको छ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ।





























प्रतिक्रिया