एसियाली खेलकुद क्रिकेटः नेपालको प्रतिद्वन्दी परिवर्तन

एसियाली खेलकुद क्रिकेटः नेपालको प्रतिद्वन्दी परिवर्तन

केन्द्रबिन्दु
0
Shares

एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ।बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेलतालिका परिवर्तन भएको हो । 

प्रतियोगितामा अब नेपालले माल्दिभ्स र मंगोलियालाई समूह चरणको प्रतिद्वन्दीको रुपमा पाएको छ। खेल टी-ट्वान्टी फर्म्याटमा हुनेछ। नेपाल टी-ट्वान्टी आई वरियतामा १७ औँ स्थानमा छ। माल्दिभ्स ८० औँ स्थानमा छ। मंगोलिया भने आइसीसीको वरियताभित्र छैन। 

नयाँ खेलतालिकामा नेपाल समूह ए मा रहेको छ। यस अघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो।

समूह बी मा कम्बोडिया,जापान र हङकङ रहेको छ। समूह सी मलेसिया, सिंगापुर र थाईल्यान्ड रहेका छन्।  यसअघि समूह चरण खेल्ने तय भएको पूर्ण सदस्य राष्ट्र अफगानिस्तान सिधै क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

नेपालको खेलतालिका 

२७ सेप्टेम्बर (१० असोज) मा मंगोलियाविरुद्ध

१ अक्टोबर (१४ असोज) माल्दिभ्सविरुद्ध

समूह चरणमा शीर्ष स्थानमा रहने टोली क्वाटरफाइनलमा स्थान बनाउने छ। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सिधा क्वाटरफाइनलमा स्थान बनाएका छन्। 

Skip This
Skip This
Logo