मुख्य प्रशिक्षक बर्खास्त गरेपछि जर्मनीको पहिलो जीत

मुख्य प्रशिक्षक बर्खास्त गरेपछि जर्मनीको पहिलो जीत

केन्द्रबिन्दु
0
Shares

मुख्य प्रशिक्षक बर्खास्त गरेपछिको पहिलो खेलमा जर्मनीले जीत हासिल गरेको छ। लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको जर्मनीले त्यसपछि पहिलो खेलमै जित हात पारेको हो।

जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २-१ ले पराजित गरेको हो। यसअघिका पाँच खेलमा जर्मनी नतिजाबिहिन भएपछि जर्मनीले मुख्य प्रशिक्षक फ्लिपलाइ बर्खास्त गरेको जनाएको थियो। त्यसपछि सहायक प्रशिक्षक रुडी भोलरको प्रशिक्षणमा घरेलु मैदान सिगनल इडुना पार्कमा जर्मनीलाई मैदानमा उतारेको थियो। 

फ्रान्ससँगको मैत्रीपुर्ण खेलमा जर्मनीका तर्फवाट थोमर मुलर र लरेय सानेले गोल गरेर जीत बिहिन अवस्थालाइ टुंग्याएका हुन्। सो खेलमा फ्रान्सका एन्टोइन ग्रीजमनले एक गोल फर्काएका थिए। 

खेलको सुरूवातीमा नै जर्मनीले जादु देखाउन सुरू गरेको थियो। खेल सुरू भएको चौथो मिनेटमै थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए भने खेल सकिन लागेको बेलामा सानेले ८७औँ मिनेटमा गोल गरी जर्मनीको अग्रता दोब्बर पारिदिएका हुन्। 

निकै रोमाञ्चक बनेको उक्त प्रतिस्पर्धाको ८९औँ मिनेटमा फ्रान्सले पेनाल्टी पायो र त्यसमा ग्रीजमनले गोल गरेका थिए।अन्ततः खेल २-१ जीत हासिल गर्न जर्मनी सफल भएकाे हाे। 

Skip This
Skip This
Logo