पाकिस्तानी प्लेईङ-११ः घोषित टोलीमा पाँच परिर्वतन

पाकिस्तानी प्लेईङ-११ः घोषित टोलीमा पाँच परिर्वतन

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा श्रीलंकासँगको खेलका लागि आफ्नो प्लेईङ११ घोषणा गरेको छ। बिहीबार हुने खेलको लागि पाकिस्तानले आफ्नो प्लेइङ-११ घोषणा गरेको छ।

फाइनलमा पुग्न निर्णायक मानिएको श्रीलंकाविरुद्धको खेलका लागि पाकिस्तानले प्लेइङ-११ मा पाँच परिवर्तन गरेको छ। पाकिस्तानले ओपनर फखार जमान, हरिस रउफ, नसिम शाह, फहिम अशरर्फ र अघा सलमानलाई बेन्चमा राखेको छ। 

मोहम्मद हरिस, साउद सकिल, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध प्लेइङ-११ मा मौका दिएको छ। श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ। सुपर फोर खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको थियो। भारतसँग २ सय २८ रनले पराजित भएको थियो। 

पाकिस्तान फाइनलमा स्थान बनाउँन जित बाहेक अन्य कुनै विकल्प बाँकी छैन। वर्षाको कारण खेल रद्द भएपनि नेटरनरेटको कारण बाहिरिनुपर्नेछ। भारत भने २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ। फाइनल आगामी आइतबार हुनेछ।

 

Logo