नेपाल इरानसँग पराजित

नेपाल इरानसँग पराजित


१९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ।

चीनमा भएको उक्त प्रतियोगितामा नेपाल इरानसँग ३-० को साझो सेटमा पराजित भएको हो। यससँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। हिजो भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३-१ को सेटमा पराजित भएको थियो।

आज भएको खेलमा नेपाल इरानसँग ९-२५, १४-२५, र १३-२५ ले पराजित भयो। एसियाली खेलकुदको औपचारिक उद्घाटन भने यही असोज ६ गते हुनेछ। उद्घाटनअघि भलिबल, फुटबल र क्रिकेट खेल हिजोदेखि नै सुरु भइसकेका छन्।

Logo