एसियाड महिला फुटबलः नेपालले आज भियतनामसँग खेल्दै

एसियाड महिला फुटबलः नेपालले आज भियतनामसँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

१९औँ एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ।

चीनको हान्झाउमा शनिबार औपचारिक उद्घाटन हुने १९औँ एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन्। त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो।

समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ। रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन्।

नेपालले यसअघि भियतनामसँग दुई पटक खेलेको छ। पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो।

Logo