साफ यू-१९ च्याम्पियनसिपः पाकिस्तान सेमिफाइनलमा

साफ यू-१९ च्याम्पियनसिपः पाकिस्तान सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

पाकिस्तान साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो ।

माल्दिभ्सले खेलको ३९औं मिनेटमा सानन रसिद रसादको गोलबाट अग्रता लिएपनि खेल सकिन ६ मिनेट अघि पाकिस्तानका साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए । 

सोही गोल पाकिस्तानलाई प्रतियोगिताको अन्तिम ४ मा पुर्याउन पर्याप्त रह्यो । समूह एमा पाकिस्तानको ४ अंक रह्यो । माल्दिभ्सको १ अंक छ । नेपाल अंक विहीन छ । 

पाकिस्तानले पहिलो खेलमा नेपाललाई १–० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् । अघिल्लो चरण प्रवेश गर्न माल्दिभ्सलाई बराबरीनै पर्याप्त हुनेछ भने नेपाललाई अन्तिम खेलमा जित निकाल्नैपर्ने समिकरण तय भएको छ ।

Logo