केनको ह्याट्रिकमा बायर्नकाे शानदार जित

केनको ह्याट्रिकमा बायर्नकाे शानदार जित

केन्द्रबिन्दु
0
Shares

ह्यारी केनले ह्याट्रिक सहित दुई गोलको अवसर सिर्जना गरेपछि बायर्न म्युनिखले बुन्डेसलिगामा शानदार जित निकालेको छ। 

शनिबार घरेलु मैदानमा बायर्नले भीएफएल बोचुमलाई ७-० गोल अन्तरले हराएको हो। बायर्नले बुन्डेसलिगामा यस सिजन आफ्नो अपराजित यात्रालाई समेत कायमै राखेको छ। 

खेलको १२ औँ मिनेटमा पहिलो गोल गरेका केनले ५४ औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । उनले खेल सकिन दुई मिनेट अघि ह्याट्रिक पुरा गरेका थिए। 

खेलमा अग्रता बायर्नले चौथों मिनेटमा चापो मोटिङको गोलबाट लिएको थियो। डि लिट, लिरो साने र मेथिस टेलले बायर्नका लागि समान एक एक थपेका थिए। 

केनकै गोलमा बुुधबार बायर्नले च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाईटेडलाई ४-३ ले हराएको थियो। केनले बुन्डेसलिगाका सुरुआती ५ खेलमा ७ गोल पुरा पनि गरेका छन्। 

थोमस टुचेलको टिमले बुन्डेसलिगामा चार जित र एक बराबरी सहित ५ खेलबाट १३ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ। 

Skip This
Skip This
Logo