नेपाल साफ यु-१९ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दिउँसो काठमाडौंस्थित दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ४-१ गोलअन्तरले हराउँदै नेपालले सेमिफाइनलको स्थान पक्का गरेको हो ।
पहिलो हाफको खेल सकिँदा नेपाल २-०ले अघि थियाे । खेलको १६औं मिनेटमा गोल गर्दै प्रशान्त लकसमले सुरुवाती अग्रता दिलाए । साथै २९औं मिनेटमा समिर तामाङले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ३५औं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित भए । नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहम्मद ल्यानले सिधै रेड कार्ड पाएका थिए ।
खेलकाे ५८औँ मिनेटमा माल्दिभ्सले गोल गर्दै पुनरागमनको प्रयास गरेको थियो । अहमद नजिरको क्रसमा आदम रशिदले गोल गरेका थिए । ८८औं मिनेटमा निराजन धामीले गरेका थिए । प्रशान्तको कटिइनमा निराजनले ६ ट्यापिङ गर्दै जित पक्का गरे । अतिरिक्त समयको चौथो मिनेटमा समिरले गोल गर्दै नेपाललाई सानदार जित दिलाए ।
प्रतियोगिताको समूह ‘ए’ मा पहिलो खेल नेपालले पाकिस्तानसँग खेलेको थियो। जसमा नेपाल १ गोलले पराजित भएको थियो। २ खेलमा एकमा जित र एकमा बराबरी गर्दै ४ अङ्क जोडेको पाकिस्तान शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगिसकेको छ।































प्रतिक्रिया