रियल म्याड्रिडको जित

रियल म्याड्रिडको जित


स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले लास पाल्मासलाई पराजित गरेको छ।

म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नेबाउमा भएको खेल्न रियलले २-० को जित हासिल गरेको हो। रियलका लागि ब्राहिम डियाजा र होसेलुले समान एक एक गोल गरेका हुन्।

खेल अघि तेस्रो स्थानमा रहेको म्याड्रिडका लागि डियाजले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै अग्रता दिलाएका थिए। होसेलुले दोस्रो हाफको नवौं मिनेटमा अर्को गोल थपेका थिए।

जित पछि रियलको सात खेलमा १८ अंक रहेको छ। रियल बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ। यस्तै तालिकाको शीर्ष स्थानमा भने जिरोना रहेको छ। जिरोनाले गएराति नै भिल्लारियललाई २-१ ले हराउदै शीर्ष स्थानमा उक्लिएको छ।

जिरोनाको सात खेलमा छ जित र एक बराबरीका साथ १९ अंक छ। लिगमा अहिलेसम्म जिरोना र बार्सिलोनाले मात्र कुनै पनि खेल हारेका छैनन्। आगामी शनिबार शीर्ष दुई टोली जिरोना र रियल म्याड्रिडले एक अर्का सँग खेल्दा बार्सिलोनाले शुक्रबार साँझ सेभिल्लाको सामना गर्नेछ।

Logo