एसियाडः महिला भारत्तोलनको ५५ केजी प्रतिस्पर्धाबाट बाहिरिइन् टीकामाया

एसियाडः महिला भारत्तोलनको ५५ केजी प्रतिस्पर्धाबाट बाहिरिइन् टीकामाया


हाङझाव एसियाडको भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिएकी छन् ।

एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गरिन् । स्न्याचमा टीकाले पहिलो र दोस्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरे पनि सफल हुन सकिनन् । क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोस्रो लिफ्टमा ८६ केजी तौल उठाएकी थिईन । 

क्लिन एन्ड जर्कको आफ्नो तेस्रो लिफ्टमा टीकाले ९० केजी तौल उठाउन असफल भएकी हुन् । 

Logo