एसियाड क्रिकेटमा आज नेपाल र भारत भिड्दै

एसियाड क्रिकेटमा आज नेपाल र भारत भिड्दै

केन्द्रबिन्दु
0
Shares

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल र भारत सोमबार बिहान भिड्दैछन्।

नेपाली समय अनुसार बिहान पौने ७ बजे दुवै टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ। समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको हो। भारतले सिधैं अन्तिम ८ मा स्थान पाएको थियो। 

नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्समाथि शानदार जित सहित नकआउट चरणमा स्थान बनाएको हो। चीनमा नेपाल उत्कृष्ट लयमा देखिन्छ। 

कुशल मल्ल, कप्तान रोहित पौडेल सहितका खेलाडी उत्कृष्ट फर्ममा देखिन्छन्। अघिल्लो दुई खेलमा उत्कृष्ट प्रर्दशन गरेको नेपाली टिमलाई हान्जाओको पिचले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। 

युवा स्टार खेलाडीलाई समावेश गर्दै एसियन गेम्समा पठाएको भारतले स्वर्ण पदकलाई मुख्य लक्ष्य बनाएको छ। पछिल्लो संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा उम्दा प्रर्दशन गरेका खेलाडीलाई भारतले टिममा स्थान दिएको छ। 

आईपीएलका उत्कृष्ट प्रर्दशन गरेका ऋतुराज गायकवाडदेखि अर्शदीप सिंह, रिङ्कु सिंह, यशस्वी जयसवाल लगायतका खेलाडी भारतीय टिममा छन्। भारतको पहिलो रोजाईको टिम आईसिसी वान डे विश्वकप क्रिकेटको तयारीमा छ। 

दुवै टिम जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने योजनामा हुनेछन्। नेपालले समूह चरणका दुवै खेलमा २ सय भन्दा बढी रन बनाएकाले भारतविरुद्ध उत्कृष्ट ब्याटिङको अपेक्षा गरिएको छ। 

Skip This
Skip This
Logo