युरोपेली च्याम्पियन्स लिग: रियल म्याड्रिडकाे कठिन जित

युरोपेली च्याम्पियन्स लिग: रियल म्याड्रिडकाे कठिन जित


रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको दोस्रो खेलमा नापोलिमाथि कठिन जित हात पारेको छ । निकै रोमाञ्चक खेलमा म्याड्रिडले ३-२ को जित हात पारेको हो ।

म्याड्रिडको जितमा भिनिसियस जुनियर र जुड बेलिङ्घमले समान एक एक गोल गरे । एक गोल आत्मघाती गोल रहेको थियो। नापोलिका लागि लियो ओस्टीगार्ड र पिटर जिएलिंस्कीले एक एक गोल गरेका थिए।

१९औं मिनेटमा अग्रता भने ओस्टीगार्डको गोल मार्फत नापोलिले लिएको थियो । २७औं मिनेटमा बेलिङ्घमको पासमा भिनिसियसले गोल गर्दै खेल बराबरीमा गरेका थिए। ३४औं मिनेटमा बेलिङ्घमले उत्कृष्ट एकल गोल गर्दै अग्रता दिए । मैदानको मध्य भागबाट एक्लै बललाई बढाउँदै बक्समा लगेर सुन्दर गोल गरेका थिए। ५४औं मिनेटमा नापोलिले पेनाल्टी मार्फत खेलमा पूनरागमन गरेको थियो । जिएलिंस्कीले पेनाल्टीमा गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याएका थिए ।

७८ औं मिनेटमा नापोलि गोलरक्षक मेरेटको आत्मघाती गोलमा खेल ३–२ को अवस्थामा पुगेको थियो । फेडेरीको भालभर्डेको प्रहार मेरेटले क्रसबारमा धकेलेका थिए। बल क्रसबारमा लागेर मेरेटलाई लागेर पोस्टमा गएको थियो। जितपछि म्याड्रिडका दुई खेलमा ६ अंक भएको छ। नापोलिको दुई खेलमा तीन अंक छ। ब्रागाको पनि तीन अंक रहेको छ। सोही समूहमा ब्रागाले युनियन बर्लिनमाथि ३-२ को जित निकालेको थियो।

Logo