‘योगेन्द्र स्मृति कप २०८०’को तयारी अन्तिम चरणमा

‘योगेन्द्र स्मृति कप २०८०’को तयारी अन्तिम चरणमा


पनौती नगरपालिकामा असोज २० देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने ‘योगेन्द्र स्मृति कप २०८०’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।

पनौतीका फुटबल खेलाडी स्वर्गीय योगेन्द्र तामाङको स्मृतिमा आयोजना गरिँदै आएको ‘योगेन्द्र स्मृति कप २०८०’को यो वर्षअसोज २० देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ । खेल क्षेत्रीय रंगशाला पनौतीमा आयोजना गरिँने छ । 

प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका गरी कूल २२ टिमले सहभागिता जनाउने आयोजकको भनाई छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद एक लाख रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र पाउने छ । साथै दोस्रो हुनेलाई नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । ११ लाखको खेल सञ्चालन तथा व्यवस्थापन खर्च अनुमान गरेको आयोजकले प्रतियोगितामा उत्कृष्ट खेलाडी, इमर्जिक खेलाडी, उत्कृष्ट गोलकिपर, हाई स्कोर गर्ने खेलाडि लगायतलाई पनि पुरस्कृत गर्ने जानकारी दिएको छ । 

Logo