करातेमा एरिका गुरुङले नेपाललाई दिलाइन् ऐतिहासिक रजत पदक

करातेमा एरिका गुरुङले नेपाललाई दिलाइन् ऐतिहासिक रजत पदक

केन्द्रबिन्दु
0
Shares

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।

महिला ६८ किलो तौल समूहमा फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भइन् । तर, नेपालका लागि ऐतिहासिक रजत पदक भने दिलाइन् ।  

सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी थिइन् । तर, फाइनलमा भने उनी स्तब्ध हुन पुगिन् । 

एसियाडकै इतिहासमा नेपाललाई गुरुङले करातेमा पहिलो रजत तथा समग्रमा मुलुकलाई तेस्रो रजत पदक जिताएकी हुन् । यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडीङ टोलीले रजत पदक ल्याएका थिए । 

Skip This
Skip This
Logo