एसियाडमा सहभागि नेपाली टोली स्वदेश फर्कियो, तर भएन स्वागत र्‍याली

एसियाडमा सहभागि नेपाली टोली स्वदेश फर्कियो, तर भएन स्वागत र्‍याली

केन्द्रबिन्दु
0
Shares

चीनमा सम्पन्न १९औं एसियाली खेलकुद एसियाडको टोली स्वदेश फर्किएको छ । हाङझाउमा आइतबार सम्पन्न एसियाडमा संलग्न नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार विहान स्वदेश आइपुगेको हो ।

नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । उनीहरुको सम्मानमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने भनेको र्‍याली भने राष्ट्रिय शोकका कारण स्थगित भएको छ । इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको दुःखमा सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेका कारणले र्‍याली स्थगित गरिएको हो ।

त्रिपरेश्वरस्थित राखेप परिसरमा पदक विजेता खेलाडीको सम्मान कार्यक्रम हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । यसपटक करातेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । 

अहिले सम्म नेपालले एसियाडमा ३ रजत र २३ कास्य पदक जितेको छ । यसपटक एसियाडमा नेपालले २९ खेलमा २ सय ५३ खेलाडीले भाग लिएका थिए । सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पटक यसै पटक जितेको थियो । त्यति बेला तेक्वान्दोकी सविता राजभण्डारीे रजत पदक जितेकी थिइन् ।

नेपालले १८औं संस्करणमा प्याराग्लाइडिङको टिम इभेन्टमा रजत पदक जितेको छ । सन् २००६ पछि पहिलो पटक नेपालले एक भन्दा बढी पदक जितेको छ । सन् २००२ र २००६ मा नेपालले तेक्वान्दोमा समान ३ कास्य पदक जितेको थियो ।

Logo