रोनाल्डोको उच्च प्रदर्शनमा पोर्चुगल युरो २०२४ मा छनोट

रोनाल्डोको उच्च प्रदर्शनमा पोर्चुगल युरो २०२४ मा छनोट

केन्द्रबिन्दु
0
Shares

सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले स्लोभाकियालाई हराउँदै पोर्चुगल आगामी युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा ३–२ को जीत हासिल गर्दै पोर्चुगल समूह जे बाट ३ खेल बाँकी छँदै प्रतियोगिताका लागि छनोट हुन सफल भएको हो । 

खेलको १८ औँ मिनेटमा पोर्चुगलका लागि गोन्कालो रामोशले पहिलो गोल गरेका थिए । २९ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट पोर्चुगलको अग्रता दोब्बर बनाए ।  दोस्रो हाफको ६९ औँ मिनेटमा डेभिड ह्यानकोले स्लोभाकियाका लागि एक गोल फर्काए पनि रोनाल्डोले तत्कालै टोलीको दुई गोलको अग्रता कायम गरेका थिए । योसँगै अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी गोल सङ्ख्या १ सय २५ पुगेको छ । उनले २०२ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

स्टानिस्लाभ लोबोट्काले ८० औँ मिनेटमा स्लोभाकियाका लागि अर्को गोल गरे पनि त्यसपछि भने कुनै गोल हुन सकेन । योसँगै पोर्चुगलले समूह जीको सातमध्ये सातै खेल जित्दै युरो २०२४ मा स्थान पक्का गरेको छ । पोर्चुगलसँगै बेल्जियन, जर्मनी र फ्रान्सले आफ्नो स्थान पक्का गरेको छ ।

Logo