बहराइन ७७ रनमै अलआउट, दिपेशकाे कीर्तिमानी बलिङ

बहराइन ७७ रनमै अलआउट, दिपेशकाे कीर्तिमानी बलिङ

केन्द्रबिन्दु
0
Shares

नेपालले एसीसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ । 

मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाउँदै अलआउट भएको हो । नेपाली बलर दिपेश कँडेल र दुर्गेश गुप्ताको किफायती बलिङमा बहराइनका कुनै खेलाडी क्रिजमा टिक्न सकेनन् । 

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए । त्यसपछि बहराइनका कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन् । अभिनव गिरिश बिस्टले ६९ बल खेल्दै ९ रन बनाए । बहराइनका पाँच खेलाडीले खातासमेत खोल्न सकेनन् ।

नेपालका स्पिनर दिपेशले कीर्तिमानी बलिङ गर्दै ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै, तीव्र गतिका बलर दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए ।

Logo