अष्ट्रेलियालाई श्रीलंकाको मध्यम लक्ष्य

अष्ट्रेलियालाई श्रीलंकाको मध्यम लक्ष्य


श्रीलंकाले आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियालाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

लखनऊमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४३.३ ओभरमा २ सय ९ रनमा अल आउट भएको हो । उत्कृष्ट सुरुवातका बाबजुद श्रीलंका मध्यतिर चल्न सकेन । ओपनरद्वय पाथुम निसानका र कशुल परेराले उत्कृष्ट सुरुआत गरेका थिए । यी दुवैले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गरेका थिए । 

तर, निसानका ६१ रनमा पहिलो विकेटका रुपमा पेभेलियन फर्किएपछि श्रीलंकाले लय गुमायो । अर्का ओपनर परेरा पनि सर्वाधिक ७८ रन जोडेर आउट भएपछि चरिथ असालंकाले २५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । 

बलिङमा अष्ट्रेलिया एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए भने प्याट कमिन्स र मिचेल स्टार्कले समान २/२ विकेट लिए । ग्लेन म्याक्सवेलले १ विकेट लिए ।

अघिल्लो दुवै खेलमा पराजय भोगेका श्रीलंका र अस्ट्रेलिया पहिलो जितको खोजीमा छन् ।

Logo