बार्सिलोनालाई हराउँदै बिल्वाओले जित्यो स्पेनिस सुपर कपकाे उपाधि

बार्सिलोनालाई हराउँदै बिल्वाओले जित्यो स्पेनिस सुपर कपकाे उपाधि

केन्द्रबिन्दु
0
Shares

बार्सिलोनामाथि जित निकाल्दै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपकाे उपाधिमाथि बक्जा जमाएकाे छ । १० खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि हात पारेको हो ।

सेभिया स्पेनमा आइतबार राति भएको खेलमा बार्सिलोनाले खेलको ४० औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो ।

तर, बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन । ४२औं मिनेटमा इनाकी विलियम्सको पासमा ओस्कार डि मार्काेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७७औं मिनेटमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । ९०औं मिनेटमा सब्सिच्युट एसिएर भिल्लालिब्रेले इकर मुनिएनको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउदै अतिरिक्त समयमा लम्ब्याए ।

अतिरिक्त समयको तेस्रो मिनेट अर्थात ९३औं मिनेटमा इनाकी विलियम्सले इकर मुनिएनको पासमा गोल गर्दै बिल्वाओलाई ३–२ को जित दिलाए ।

Logo