युएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, गुल्सानले लिए वासिमको विकेट

युएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, गुल्सानले लिए वासिमको विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा युएईविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले तेस्रो विकेटको रुपमा कप्तान मुहम्मद वासिमलाई गुमाएको छ । वासिमलाई छैठौं ओभरको पहिलो बलमा गुल्सान झाले दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराएका हुन् । आफ्नो ओभरको पहिलो बलमै उनले वासिमलाई १७ रनमा आउट गराएका हुन् । यसले युएईलाई ठूलो धक्का लागेको छ ।  

यसअघि नेपालका लागि नेपालका तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरमै विकेट दिलाएका थिए ।  ओभरको अन्तिम बलमा खालिदलाई शून्य रनमा पवेलियन फर्काए । उनी कप्तान रोहित पौडेलबाट क्याच आउट भए । युएईको दोस्रो विकेट करण केसीले लिए । उनले एलिसन सराफुलाई ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । करणले उनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् ।

Logo