साउदीविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ सुरुवात

साउदीविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ सुरुवात

केन्द्रबिन्दु
0
Shares

नेपालले मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियासँग उत्कृष्ट ब्याटिङ सुरुवात गरेको छ।

वाईएसडी युकेएम बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा कुनै विकेट नगुमाई ६५ रन बनाएको छ।अर्जुन कुमाल २९ बलमा ४ चौकासहित ३२ रनमा क्रिजमा छन्।

दीपक बोहरा ३२ बलमा २ चौका र २ छक्कासहित २७ रनमा नटआउट छन्। यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ। समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ। साउदी अरेविया २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ। नेपालको नेटरनरेट ५.४२९ र साउदीको २.०३० छ।

समूह ए बाट बहराइन २ अंक र इरान अंक विहीन हुँदै बाहिरिएका छन्। बिहीबार नेपाल र साउदीबीचको विजेता टोली शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुग्नेछ।

Skip This
Skip This
Logo