अर्जुन कुमाल यू-१९ मा दुई शतक हान्ने पहिलो ओपनर

अर्जुन कुमाल यू-१९ मा दुई शतक हान्ने पहिलो ओपनर


युवा ब्याटर अर्जुन कुमाल यू१९ क्रिकेटमा नेपालबाट दुई शतक हान्ने पहिलो ओपनर खेलाडी बनेका छन् । मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्ध अर्जुनले ९४ बलमा आफ्नो यू१९ अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक प्रहार गरेका हुन् ।

योसँगै नेपालबाट उनी यू १९ मा दुई शतक हान्ने पहिलो खेलाडी बनेका हुन्। मलेसियाको वाइएसडी युकेएम ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७ ओभरमा १ विकेट गुमाउँदै २ सय ४० रन बनाएको छ। अर्जुन कुमाल १ सय ५ बलमा १५ चौका र १ छक्कासहित १ सय २७ रनमा खेलेका छन्।

उनलाई आकाश त्रिपाठीले ७१ रनमा साथ दिएका छन्। अर्जुनले यसअघि गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए। नेपालबाट यू१९ मा देव खनालले पनि दुई शतक हानेका छन् । अन्य कुनैपनि नेपालले ब्याटरले यू१९ मा दुई शतक हानेका छैनन्।

देवले विश्वकप छनोटमा कुवेतविरुद्ध नै १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए । कुवेतविरुद्ध अर्जुनले ओपनिङ र देवले चौथो नम्बरमा शतक हानेका थिए । देवले चौथो नम्बरमा यसै प्रतियोगितामा इरानविरुद्ध १ सय रनको शतकीय इनिङ खेलेका थिए । देव नै यू१९ मा दुई शतक हान्ने पहिलो खेलाडी बनेका थिए ।

Logo